भूकम्प प्रभावितका लागि कृषि विकास बैंकको पचास लाख सहयोग

२५ कार्तिक २०८०, शनिबार १२:२२

काठमाडौं, २५ कात्तिक । गत कात्तिक १७ गते राति ११ः४७ बजे कर्णाली प्रदेश, जाजरकोट जिल्ला, बारेकोट गाउँपालिका वडा नं. १ रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प जाँदा जाजरकोट र पश्चिम रुकुम जिल्लामा ठूलो मानवीय तथा जनधनको क्षति भएको थियो ।

राष्ट्रिय विपदको यस दुःखद घडीमा खोज, उद्धार र राहतका लागि भूकम्पबाट पीडित एवं प्रभावितका लागि सहायता स्वरुप कृषिविकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु. ५०,००,००० (अक्षरुपी पचास लाखमात्र) को चेक सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालज्यूलाई हस्तान्तरण गरी कृषिविकास बैंक लि.मा रहेको प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषको खाता नं. ०१००२०१००२९०७०१४ मा रकमजम्मा गरेको छ ।

उक्त चेक कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सम्माननीय प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका छन् । साथै कार्यक्रममा उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपाने, विभागीय प्रमुख बीना शर्मा, वरिष्ठ शाखा प्रमुख द्धय धु्रव पौडेल र सरोज महत एवं प्रधानमन्त्रीका निजी सचिव गंगादाहालको समेत उपस्थिती रहेको थियो ।

कृषि विकास बैंक लि.ले भूकम्पबाट प्रभावित र पीडितलाई राहत पुग्ने गरी नेपाल सरकारलाई आर्थिक सहयोग गरेकोमा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालज्यूले धन्यवाद ज्ञापन गरेका थिए ।

कृषि विकास बैंक लि.ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत विगतमा पनि भूकम्पबाट प्रभावित र कोरोना महामारीबाट पीडितहरुको लागि नेपाल सरकारबाट गठित सहायता कोषमा रकम जम्मा गरेको थियो ।