काठमाडौं, २५ कात्तिक । अर्घाखाँचीमा चार बर्सीय बालिकालाई २५ बर्षे युवाले जबर्जस्त बलात्कार गरेका छन् ।
छत्रदेव गाउँपालिका–७ डाँडाखर्कस्थित खरबारीमा चार वर्षीया बालिका बलात्कृत भएकी छिन् ।
बालिकालाई गुल्मी रेसुंगा नगरपालिका–१० सिखेधारा गाउँका २५ वर्षीय रामबहादुर घर्ती थापाले २२ गते फकाएर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
उजुरीको आधारमा बिहीबार प्रहरीले गुल्मी र अर्घाखाँचीको सीमाना डाँडाखर्कबाट पक्राउ गरेको प्रहरी निरक्षक विक्रम रिजालले बताए ।
पक्राउपछि उनलाई ९ जिल्ला अदालतमा ९ दिनको म्याद थपेर थप अनुसन्धान भैरहेको छ । खरबारीमा बालिकालाई फकाएर थापाले जबरजस्ती करणी गरेका थिए ।
