काठमाडौं, २४ कात्तिक । नेपाल राष्ट्र बैंकले आज शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
जसअनुसार आज युरो एकको खरिद दर १४२ रुपैयाँ ०१ पैसा र बिक्री दर १४२ रुपैयाँ ६६ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ९८ पैसा र बिक्री दर १६३ रुपैयाँ ७२ पैसा रहेको छ। यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा पुगेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३ पैसा रहेको छ। त्यस्तै, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
क्यानाडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ३७ पैसारहेको छ भने विक्री दर ९६ रुपैयाँ ८० पैसा रहेको छ ।
