प्रधानमन्त्री प्रचण्डलाई रवि लामिछानेको १४ बुँदे सुझाव, यस्तो छ सुझाव

२३ कार्तिक २०८०, बिहीबार ११:०९

काठमाडौं, २३ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं संसदीय दलका नेता रवि लामिछानेले भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन पछि प्रधानमन्त्रीलाई १४ बुँदे सुझाव दिएका छन् ।

नेता लामिछानेले बुधबार बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १४ बुँदे सुझाव दिँदै तत्काल राहत कार्य प्रभावकारी बनाउन आग्रह गरेका हुन् ।

उनले प्रधानमन्त्री प्रचण्डसँगको भेटमा जाडो बढेसँगै भूकम्प पीडितहरु चिसोको समस्याले आहत भएकाले तत्काल न्यानो कपडा वितरणमा तदारुकता दिन आग्रह गरेका छन्।

भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा निस्किएका नेता लामिछानेले जाजरकोटबाट फर्किएर प्रधानमन्त्त्री प्रचण्डलाई तत्काल राहत सामग्री वितरणमा अग्रसरता लिन सुझाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।