माओवादीका नेता जनक बर्तौलामाथि रड प्रहार गरी आक्रमणकारी फरार

२३ कार्तिक २०८०, बिहीबार १०:३३

काठमाडौं, २३ कात्तिक । काठमाडौँको नयाँ बानेश्वरमा माओवादी केन्द्रका नेता जनक बर्तौलामाथि आक्रमण भएको छ ।

करिब २२–२३ वर्षका युवकले उनलाई आइपेक्स मल नजिकै रड प्रहार गरेका हुन् । रड प्रहार गरेर आक्रमणकारी भागेका छन् ।

बुधवार साँझ भएको घटनामा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) कुमोध ढुंगेलले बताएका छन्।

बर्तौला अखिल नेपाल खेलकुद महसंघको उपाध्यक्ष हुन् । उनको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको छ । बानेश्वर स्थित आक्रमण स्थलमा सिसिटिभी नभएको हुनाले अनुसन्धानमा समस्या भएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।