यस्तो छ आज, विदेशी मुद्राको विनिमय दर

२१ कार्तिक २०८०, मंगलवार ०८:५३

काठमाडौं, २१ कात्तिक । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

जसअनुसार आज, बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ८९ पैसा र बिक्री दर १६५ रुपैयाँ ६४ पैसा पुगेको छ।युरो एकको खरिद दर १४२ रुपैयाँ ८५ पैसा र बिक्री दर १४३ रुपैयाँ ५० पैसा रहेको छ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८५ पैसा र बिक्री दर १३३ रुपैयाँ ४५ पैसा रहेको छ। यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा र क्यानाडियन डलर एकको खरिद दर ९७ रुपैया ३९ पैसा रहेको छ भने विक्री दर ९७ रुपैयाँ ८३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।