काठमाडौं, २० कात्तिक । मानवअधिकार तथा शान्ति समाजले, जाजरकोट भुकम्प पीडितका लागि १ लाख १५ हजार मुल्य बराबरको १ सय थान ब्ल्यांकेट सहयोग गरेको छ ।
शान्ति समाजका कर्णाली प्रदेश सचिव प्रकाश शाही र आजीवन सदस्य गोविन्द दाहाल सहितको टोलीले जाजरकोटस्थित विपद् व्यवस्थापन आपुर्ति समितिलाई ब्ल्याङ्केट हस्तान्तरण गरेको हो ।
मानवअधिकार तथा शान्ति समाजले विगत दुई दशकदेखि प्राकृतिक वा अन्य विपत्तिवाट सुरक्षाकालागि उद्धार र राहतप्रभावकारी एवं स्थायी संयन्त्र निर्माणमा जोड दिदैँ आएको छ ।
