जाजरकोट र रुकुमपश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या १४३ पुग्यो

१८ कार्तिक २०८०, शनिबार १७:१४

काठमाडौं, १८ कात्तिक । जाजरकोट र रुकुमपश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या १४३ पुगेको छ । जाजरकोटमा मात्रै १०५ जनाको मृत्यु भएको छ भने ८१ जना घाइते भएका छन् ।

जिल्ला प्रशासन कार्यालय, जानरकोटका अनुसार भेरी नगरपालिकामा ४२, नलगाड नगरपालिकामा ५५, कुशे गाउँपालिकामा ७ र छेडागाड नगरपालिकामा १ जनाको मृत्यु भएको छ ।


यसैगरी रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले आज अपराह्न साढे ३ बजे अध्यावधिक गरेको विवरण अनुसार भूकम्पमा परी १४३ जनाको मृत्यु भएको छ भने १६६ जना घाइते भएका छन् ।