युएईविरुद्ध आशिपफको अर्धशतक

१७ कार्तिक २०८०, शुक्रबार १४:१४

काठमाडौं,१७ कात्तिक । टी–२० विश्वकप छनोटको निर्णायक खेलमा आशिफ शेखले अर्धशतक बनाएका छन् । छनोट खेलको सेमिफाइनलमा युएईविरुद्ध १३५ रनको लक्ष्य पछ्याएको नेपालका लागि आशिफले महत्वपूर्ण अर्धशतक बनाएका हुन्

उनले ३९ बलमा ६ चौका र एक छक्काको मद्दतमा अर्धशतक पूरा गरेका छन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन बनाएको थियो ।

जवाफी ब्याटिङ गरेको नेपालले १३ ओभरमा दुई विकेट गुमाएर ९३ रन बनाएको छ ।