‘यो सानो देशले अन्तर्राष्ट्रियशान्तिमा ठूलो योगदान गरेको छ’: महासचिव गुटरेस

१४ कार्तिक २०८०, मंगलवार १७:३१

काठमाडौं, १४ कातिक– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले, संक्रमणकालिन न्यायलाई टुङ्गोमा पुर्याउने कुराले शान्ति स्थापनामा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

मंगलबार संघीय संसदका दुबै सदनलाई संयुक्तरुपमा सम्बोधन गर्दै, गुटेरेसले नेपालको अन्तिम दिशामा हरेको नेपालको शान्ति प्रक्रिया पुरा गर्न संक्रमणकालिन न्याय निरुपणमार्फत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

तर यो प्रक्रिया त्यति सहज नभएको उनको भनाई छ । तर अन्र्तराष्ट्रिय मापदण्ड र सर्वोच्च अदालतको आदेशको आधारमा नेपालमा शान्ति प्रक्रियामा भएको प्रगति र समाधान खोज्ने प्रयासलाई उनले स्वागत गरे ।

शान्ति प्रक्रियालाई टुङ्गामा पुर्याउन काममा नेपाल एक्लो नरहेको उनको भनाई छ । उनले भने ‘अन्तर्राष्ट्रिय मापदण्डहरू,सर्वोच्च अदालतको निर्णयहरू, र पीडितहरूको आवश्यकताहरू पूरा गर्ने गरी शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन संयुक्त राष्ट्रसंघ तपाईंलाई सहयोग गर्न तयार छ।’त्यस्तै उनले नेपाल र संयुक्त राष्ट्र संघ पुरानो मित्र भएको दोहो¥याउँदै गहिरो सहकार्य रहेको स्मरण गरे ।

उनले क्षेत्रफलका हिसावले सानो भएपनि नेपालले अन्तर्राष्ट्रिय शान्ति स्थापनामा खेलेको भूमिका महत्वपूर्ण भएको बताए । उनले भने ‘यो सानो देशले अन्तर्राष्ट्रिय शान्तिमा ठूलो योगदान गरेको छ ।

पृथ्वीका सबै देशहरूमध्ये नेपाल संयुक्त राष्ट्र संघको मिसनमा सेना पठाउने दोस्रो ठूलो देश हो।नेपाली जनताको समर्पण, साहस र सेवाका लागि म हृदयदेखि कृतज्ञ छु ।’