मलेसियाविरुद्ध कुशल मल्लको उत्कृष्ट ब्याटिङ, अर्धशतक बनाए

१४ कार्तिक २०८०, मंगलवार १६:२६

काठमाडौँ, १४ कातिक– टी–२० विश्वकप छनोटमा मलेसियाविरुद्ध कुशल मल्लले अर्धशतक बनाएका छन् । ओपनर कुशल भुर्तेल आउट भएपछि क्रिजमा आएका मल्लले आक्रमक ब्याटिङ गर्दै २५ बलमा अर्धशतक बनाएका हुन ।

उनले २५ बलमै ६ छक्का र एक चौकाको मद्दत अर्धशतक बनाएका हुन् । १६६ रनको चुनौती पछ्याएको नेपालले १३.५ ओभरमा ३ विकेट गुमाएर १३३ रन बनाएको छ । टी–२० अन्तर्राष्ट्रियमा कुशल मल्लको यो तेस्रो अर्धशतक हो ।

उनले २०१९ मा जिम्बावेविरुद्ध नेपालको लागि टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए । उनले टी–२० अन्तर्राष्ट्रिय सर्वाधिक रन १९ औं एसियाली खेलकुदमा १३७ रनको अविजित पारी खेलेका थिए ।