काठमाडौं, १४ कातिक– विश्वकप छनोटअन्तर्गत अहिले भइरहेको खेलमा नेपाललाई पहिलो झड्का लागेको छ । मलेसियाले घरेलु टोली नेपाललाई दिएको १६६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली ओपनर शानदार पारी खेल्दै पेभिलियन फर्किएका हुन् ।
उनले ४ छक्का र ४ चौकाको मद्दतमा २५ बलमा ४३ रन बनाएका हुन् । अहिले कुशल मल्ल र आशिफ शेख क्रिजमा छन् । टस जितेर ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ६५ रन जोडेको हो ।
मलेसायका लागि प्रारम्भिक ब्याट्सम्यान सेयद अजिज सर्वाधिक ६८ रन बनाए । अर्का ओपनर जुबाईदी जुल्कीफिलले २४ रन बनाए। नेपालका अविनाश बोहराले ४ तथा सन्दीप लामिछाने, करन केसी र रोहित पौडेलले समान एक एक विकेट लिए।सन्दीपले चार ओभरमा २२ रन दिए भने अविनाशले ४ ओभरमा २७ रन खर्चिए ।
