मलेसियाले नेपाललाई दियो १६६ रनको लक्ष्य

१४ कार्तिक २०८०, मंगलवार १५:१९

काठमाडौं ,१४ कातिक–  विश्वकप छनोटअन्तर्गत अहिले भइरहेको खेलमा मलेसियाले घरेलु टोली नेपाललाई १६६ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ६५ रन जोडेको हो ।मलेसायका लागि प्रारम्भिक ब्याट्सम्यान सेयद अजिज सर्वाधिक ६८ रन बनाए ।

अर्का ओपनर जुबाईदी जुल्कीफिलले २४ रन बनाए । नेपालका अविनाश बोहराले ४ तथा सन्दीप लामिछाने, करन केसी र रोहित पौडेलले समान एक एक विकेट लिए । सन्दीपले चार ओभरमा २२ रन दिए भने अविनाशले ४ ओभरमा २७ रन खर्चिए ।

विश्वकप छनोटको पहिलो खेलमा नेपालले सिंगापुरलाई हराएको थियो भने मलेसिया ओमानसँग पराजित भएको थियो ।