कञ्चनपुरको महेन्द्रनगरमा ३९औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

२१ पुष २०७४, शुक्रबार ०८:२२

पुष्कर भट्ट

पुस २१, कञ्चनपुर ।
कञ्चनपुरको महेन्द्रनगरमा ३९औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

कञ्चनपुर जिल्ला ब्याडमिन्टन संघ को आयोजना मा माघ २ गते देखी माघ ६ गते सम्म महेन्द्रनगर को स्थानीय कभर्डहलमा रा.खे.प. ३९औं ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता मा ५ बिकासक्षेत्र, ३ वटा बिभागिय टिम (नेपाल प्रहरी,शसस्त्र प्रहरी र नेपाली सेना ) गरी जम्मा ८ वटा टिम सहभागी हुने आयोजक ले बताएका छन । राष्ट्रिय प्रतियोगिता का लागी एउटा क्षेत्रको टिममा अधिकतम पुरुष मा ७ जना र महिला मा ५जना गरी १२ वटा सम्म खेलाडी हुने छन भने प्रत्येक क्षेत्र बाट २ जना जति प्रशिक्षक र १ जना टिम मेनेजर गरी ५ बिकासक्षेत्र का खेलाडी,प्रशिक्षक र टिम मेनेजर गरी १२० जना को सहभागीता रहने आयोजक ले जनाएको छ ।

सहभागी खेलाडी,प्रशिक्षक,प्राबिधिक सम्पुर्ण को खाने बस्ने र यातायात खर्च समेत आयोजक ले गर्ने र उक्त प्रतियोगिता सम्पन्न गर्न २१ लाख रुपैया खर्च हुने जसमा नेपाल ब्याडमिन्टन संघ बाट ८ लाख प्रदान हुने बांकी १३ लाख रुपैया को व्यवस्था कञ्चनपुर ब्याडमिन्टन संघ ले गर्ने आयोजक ले जनाएका छन ।