टी–२० विश्वकप एसिया छनोटकोदोस्रो खेलमा ओमान विजयी

१४ कार्तिक २०८०, मंगलवार १३:०८

काठमाडौं, १४ कातिक–आईसीसी टी–२० विश्वकप एसिया छनोटमा ओमानले सिंगापुरलाई २२ रनले हराएको छ । समूह ‘ए’ अन्तर्गत मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न भएको खेलमा ओमानले सिंगापुरलाई २२ रनले पराजित गरेको हो ।

समुहचरण अन्र्तगतको आफ्नो पहिलो खेलमा मलेसियालाई ३२ रनले पराजित गरेको ओमान सिंगापुरविरुद्ध विजयी भएसँगै सेमिफाइनल नजिक पुगेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको ओमानले अकिब इल्यासको अर्धशतकको मदतमा ६ विकेट गुमाएर १७४ रन बनाएको थियो ।ओमानका लागि ३५ बल खेल्दै ४ चौका र ४ छक्काको मदतमा अकिबलेसर्वाधिक ६३ रनको योगदान गरे ।

उनी म्यान अफ द म्याच बने । कप्तान जिसान मक्सुदले १६ बलमा २६ रन बनाए ।ओमानले दिएको १७५ रनको लक्ष्य पछ्याएको सिंगापुरले २० ओभरमा ८ विकेट गुमाएर १५२ रन मात्र बनाउन सक्यो ।

दुवै खेल जितेपछि समूह ‘ए’ मा २ खेलबाट ४ अंकसहित ओमान शीर्ष स्थानमा पुगेको छ ।