नेप्सेमा सामान्य वृद्धि

१३ कार्तिक २०८०, सोमबार १६:११

काठमाडौं, १३ कातिक– साताको दोश्रो कारोबार दिन आज सोमबार नेप्सेमा सामान्य वृद्धि भएको छ । सोमबार नेप्सेमा ३.०४ अंकको झिनो वृद्धि भएको हो ।

नेप्से १८७८.७० बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । नेप्सेमा सामान्य सुधार भए पनि कारोबार रकम भने ६९ करोड ४२ लाखमा सीमित भएको छ । अघिल्लो कारोबार दिन आइतबार ७४ करोड २९ लाख रूपैयाँको कारोबार भएको थियो ।

पञ्चकन्या माइ हाइड्रोको मूल्य सर्वाधिक ७.८ प्रतिशतले बढ्दा सोनापुर मिनरल्सको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ । उक्त कम्पनी नेप्सेमा सूचीकृत भएपछि पहिलोपटक आइतबार दोश्रो बजारमा कारोबार भएको थियो । दोस्रो दिन पनि मूल्य १० प्रतिशतले घटेको छ ।