काठमाडौं, १३ कातिक– अभ्यासका क्रममा घाइते भएपछि नेपाली राष्ट्रिय टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आइसिसी टी–२० विश्वकप २०२४ अन्तर्तग एसिया छनोटको पहिलो खेल गुमाएका छन ।
उनको खुट्टामा चोट लागेको कारण सोमबार कीर्तिपुस्थित त्रिवि मैदानमा सिंगापुरविरुद्धको खेल गुमाएका हुन । उनको खुट्टा मर्किएको नेपाली टिमको मेडिकल विभागले जानकारी दिएको छ ।
उनको स्थानमा विवेक यादवले सिंगापुरविरुद्धको खेलमा स्थान बनाएका हुन । अघिल्लो साता नेपालमै भएको हङकङ र युएईविरुद्धको टी–२० सिरिजमा दीपेन्द्रले उत्कृष्ट खेल देखाएका थिए।
