काठमाडौं, १३ कातिक– एमालेका नेता तथा स्थायि कमिटि सदस्य कृष्णगोपाल श्रेष्ठले एमालेलाई दुःख हुदाँ सिंगो नेपाललाई दुःख हुने बताएका छन । आज सोमबार एमाले काठमाडौं महानगर कमिटीले नेपाल नयाँ वर्ष संवत ११४४ को अवसरमा आयोजना गरेको कार्यक्रम उनले यस्तो बताएका हुन ।
उनले भने, ‘ नेपाल सम्वद् ११४४, ९ वर्षको भिन्तुना भनेर मात्रै हामी यहाँ जम्मा भएका छैनौ । निरङ्कुश राजासहितको निरदलिय तानाशाही पञ्चायत व्यवस्था फ्याक्ने आन्दोलनमा यो अभियानको प्रमुख भूमिका छ ।
त्यस्तै आज मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र यहाँसम्म ल्याउँने क्रममा यो एउट आन्दोलन हो । यो आन्दोलनको नायक नेकपा एमाले हो । हामीले गर्वसँग भन्नु पर्छ । ’
नेकपा एमाले नै यस्तो पार्टी हो, जसले बसन्तपुरमा हुने कार्यक्रममा १११९ देखि नेकपा एमालेको ब्यानरबाट सहभागि भएर आज सम्मयसलाई निरन्तरता दिईरहेको छ कुनै अरु पार्टीको ब्यानर त्यहाँआउँने आँट गर्दैन् ।
नेकपा एमाले दृढताका साथ यसलाई अगाडि बढाउँछ यसको पछाडि महत्वपूर्ण भूमिका छ । यो एउटा आन्दोलन हो । एमालेको लागि शुभहुदाँ सिंगो देशको लागिशुभ हुन्छ र एमालेलाई दुखहुदाँ सिंगो नेपाललाई दुख हुन्छ । ११४३ सिंगो नेपालीजनता, राष्ट्र र लोकतन्त्रको लागिदुखत रहेको छ । अब ११४४ मुलुकको लागि एउटा सफलवर्ष सुख वर्ष रहोस् भन्ने कामना गर्न चहान्छु ।
