एजेन्सी– भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटना भएको छ । रेल दुर्घटनामा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ छ भने ५० जनाभन्दा बढी घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार आन्ध्र प्रदेशको विजयनगरमा आइतबार राति विशाखापट्टनम–पालासा यात्रुवाहक रेल र विशाखामट्टनम–रायगढा यात्रुवाहक रेल आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
अहिले उद्धार कार्य जारी रहेको रेलमन्त्री अश्विनी वैष्णवले जानकारी दिएका छन । घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको उनले बताए । दुवै रेल एउटै लिकमा हिँडेका कारण दुर्घटना भएको बताइएको छ ।
