काठमाडौं, १३ कातिक– टी–२० विश्वकप फाइनल एसिया छनोटमा सिंगापुरले नेपालसामु १ सय ४६ रनको लक्ष्य दिएको छ । समुह चरणको ए मा रहेका नेपाल र सिंगापुरबिचको पहिलो खेलमा सिंगापुरले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरेको थियो ।
जारी खेलमा राम्रो सुरुवात गरेपनि सिंगापुरले निर्धारित समयमा ९ विकेटको क्ष्तिमा१ सय ४५ रन मात्रै बनायो । सिंगापुरको व्याटिङलाई दबाबमा राख्न नेपालका लागिअविनास बोहराले सर्वाधिक ३ विकेट लिए ।
सन्दीप लामिछाने,करण केसी, गुल्सन कुमार झाले समान २\२ विकेटको योगदान गरे । सिंगापुरका लागि रोहन रंगराजनले सर्वाधिक४६ रन,आर्यवीर चौधरीले ३५ रन, मनप्रित सिंहले २४ रनको योगदान गरे ।
एसिया छनोटमा एसियाका आठ देश सहभागी खेलमा चार–चार टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । १९ कात्तिकसम्म सञ्चालन हुने प्रतियोगितामा दुवै समूहबाट विजेता दुई टोली सेमिफाइनल पुग्नेछन् ।
