काठमाडौ, १ कातिक– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले, प्यालेस्टाइनको गाजास्थित अल अहरी अरब अस्पतालमा भएको आक्रमणको भर्त्सना गरेको छ ।
बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीले विज्ञप्ति सार्वजनीकगर्दै सिङ्गो अस्पताल भवननष्टहुनु र बालबालिका सहित सयौंको सङ्ख्यामा मानिसहरू हताहत भएको विषय जति निन्दा गरे पनि कमहुने बताएका छन् ।
‘अस्पतालमा उपचार गराइरहेका बिरामी, उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी, बिरामीका कुरुवा ‘ आफन्त र अस्पताल परिसरमा शरणलिइरहेका नागरिक गरी ५०० भन्दा बढी मारिएको खबरले हामी स्तब्धभएकाछौं । ’ विज्ञप्तिमा उल्लेख गरीएको छ ।
इजरायल र प्यालेष्टाइनको हमास समूहबीच भइरहेको युद्धकाक्रममा गएराति अस्पतालमा आक्रमण भएको थियो । उक्त आक्रमण परि ५०० जना बढी नागरिकको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
