काठमाडौं, १ कातिक– त्रिकोणात्मक श्रृखला अन्तरगत नेपाल र यूएईबीचको टि–२० क्रिकेटसुरु भएको छ । मुलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।
आज नेपालीका मौसम ढकालले डेब्यू गरेका छन् । सन्दीप लामिछानेले प्रतियोगिताबाट नाम फिर्ता लिएपछिउनले अवसर पाएकाहुन् । मौसम विगत८ महिनायता नेपालको राष्ट्रियटिमसँग प्रशिक्षण गरिरहेका थिए ।
नेपालको प्लेइङ ११ मा रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, करण केसी, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, अभिनाश बोहोरा र श्यामढकाल (मौसम) छन् ।
