काठमाडौं, ३० असोज । नेपाल मगर संघ शाखा युएई केन्द्रीय समितिको १२औं महॉधिवेशन २०२३ सम्पन्न भएको छ ।
नेपाल मगर संघ शाखा युएई केन्द्रीय समितिको १२औं महॉधिवेशन २०२३ सेक्टेम्बर १५का दिन युएईको मुटु बरदुवई ब्लु प्यालेसमा सम्पन्न भएको हो । उक्त महाधिवेशनमा नेपाल देखि नेपाल मगर संघ महासचिव टेक बहादुर नामजाली मगरको प्रमुख आतिथ्य रहेको थियो ।
यस्तै नेपाल मगर संघ शाखा युएईका २१–२३ कार्यकालका अध्यक्ष मनु गाहा मगरको सभापतित्व प्रमुख संरक्षक टंक थापा मगर,प्रमुख सल्लाहकार शिला राना मगर, निवर्तमान उप संरक्षक साथै सातौं बिधान संसोधन प्रमुख खुम आले मगर,भुतपुर्व उप संरक्षक सुनिता थापा मगर, नेफिन युएईका अध्यक्ष बिक्रम लिम्बु र भुतपुर्व प्रमुख सल्लाहकार लाल बहादुर ढेङ्गा मगरको विशेष आतिथ्य रहेको थियो ।
यस्तै जातिय सस्था प्रमुख, विभिन्न सस्थाका प्रमुखहरु र नेमस शाखा युएईका केन्द्रिय साथै क्षेत्रिय पदाधिकारीहरु, अग्रजहरु, मगर अभियान्ताहरु र मिडियाकर्मीहरुको उपस्थितिमा उक्त अधिवेशन भव्य र सभ्यरूपमा सम्पन्न भएको छ ।

साथै उक्त महाधिवेशन सभामा सातौं बिधान संसोधन समितिका प्रमुख खुम आले मगरले संसोधित बिधान प्रस्तुत गरेका थियो उक्त संसोधित बिधानलाई सबैको सर्वसहमतिले पारित गरिएको थियो।
महाधिवेशनका निर्वाचन समितीका सदस्य शिला राना मगर र मान सारु मगरको टिमले २०२३–२०२५ कार्यकालको लागि सर्वसम्मत अध्यक्ष गरिमामय पद नयन घर्ति मगरको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।
निर्वाचित सम्पुर्ण पदाधिकारीहरुलाई प्रमुख अतिथि टेक बहादुर नाम्जाली मगर साथै निर्वाचन समितीले सपथ गराएका थियो। यस्तै उक्त सभामा नेपाल देखि गएका प्रमुख अतिथीले मगर परिवार नेपाल MPN ले प्रकाशित मगर भाषा पुस्तक नेमस शाखा युएईलाई हस्तान्तरण गरेका थिए।
२०२३–२०२५ नवनिर्वाचित कार्यसमितिमा रहेका व्यक्तिहरुको पद र नाम थर क्रमशः
अध्यक्ष: नयन घर्ति मगर
बरिष्ट उपाध्यक्ष: बिष्णु राना मगर
उपाध्यक्ष: सन्दीप राना मगर
उपाध्यक्ष: कन्चन आले मगर
उपाध्यक्ष: गिता थापा मगर
सचिव: मेहर थापा मगर
कोषाध्यक्ष: आरती दर्लामी मगर
सदस्यहरू: नविन थापा मगर
सदस्यहरू: होम रजाली मगर
सदस्यहरू: सितल थापा मगर
सदस्यहरू: काशिमाया माकिम मगर
सदस्यहरू: तारा सुनारी मगर
सदस्यहरू: ईन्दु गाहा मगर
सदस्यहरू: प्रदीप राना मगर
