काठमाडौं, २९ असोज– परराष्ट्र मन्त्री एनपी साउदले, पूर्वाधार विकास सरकारको पहिलो प्राथमिकता हुनु पर्ने बताएका छन् । आज सोमबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले, तीनवटै तहका सरकारले आफ्नो क्षेत्रको विकास निर्माणलाई प्राथमिकतामा राख्नु पर्ने बताए ।
उनले भने ‘हाम्रो पूर्ण ध्यान पूर्वाधार विकासमा केन्द्रीत हुनुपर्छ । तीनै तहका सरकारहरु, स्थानीयतह, प्रदेश सरकार र संघीय सरकार मात्रै होईन्, पार्टीहरु पनि मिलेर विकास निमार्णको प्रक्रिया आफ्नो क्षेत्रमा विकसित गर्ने कुरामा हामी केन्द्रित रुपमा अगाडि बढ्नु पर्छ ।’
पछाडी परेको क्षेत्रको विकास सरकारको प्राथमिकता हुनु पर्ने उनको भनाई छ । तर बजेट निर्माणमा पछाडी परेको क्षेत्रले स्थान नपाउने गरेको उनको गुनासो छ ।
‘हामीले सरकारमा गएर हेर्दा पनि पहिलो र सैद्धान्तिक प्राथमिकता जहिले पनि पिछडिएको क्षेत्रलाई बढिदिने भन्ने किसिमको नीति निमार्ण हुन्छ । तर बजेट विनियोजन हुदाँ, पूर्वाधारले बजेट तानि राखेको हुन्छ ।’
उनले भने ‘बाहिरबाट हेर्दा सुदूरपश्चिम पछाडि परेको स्थानधेरै बजेट दिन सकिन्छ। होला भन्ने हाम्रो पनि आशाथियो तर अहिले पनि सुदूरपश्चिमको बजेट राष्ट्रिय जनसंख्याको अनुपातमा, सुदूरपश्चिमको जनसंख्याले ओगटेँको स्थानले प्राथमिकता पाउँनुको कहाँहो समकक्षतापनि कायम गर्न सक्या छैन् । यो चुनौतीपूर्ण छ ।’
