काठमाडौं, २९ असोज– अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्र बिस्तारै लयमा फर्किएको दाबी गरेका छन् । सोमबार काठमाडौंमा महिला आर्थिक पत्रकार संघको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधनगर्दै अर्थमन्त्रीमहतले अहिले, अहिले पुरै विश्वनै आर्थिक मन्दीमा रहेको भन्दै नेपालको अर्थतन्त्रमा पनि समस्या देखिएको बताएका छन ।
उनले अनेकन समस्याका बाबजुद अर्थतन्त्रमा सकारात्मक सुधार देखिएको उनको दाबी छ । उनले भने, ‘अन्तर्राष्ट्रिय तहमै आर्थिक मन्दीको स्थितिमा छ । त्यो मध्येबाट नेपालपनि अछुतो रहेको छैन ।
तर मलाई लाग्छ, बिस्तारै हामी अन्तर्राष्ट्रिय परिवेश नकारात्मक हुने अवस्था नआओस् भन्ने चाहन्छौँ । त्यो नभएको अवस्थामा बिस्तारै हाम्रो अर्थतन्त्रमा सुधार आउँछ । सकारात्मक कुरा देखिएका छन् ।’
यस्तै, उनले देशमा आर्थिक मन्दी छाएको भन्दै यसलाई सुधार गर्नको लागि सबैले आफ्नो तहबाटजिम्मेवारी पूरा गर्नुपर्ने बताए । उनले भने, ‘अर्थतन्त्रको सुधार अर्थमन्त्रालयले मात्रै गरेर सम्भव हुदैँन् ।
जसको जहाँ जिम्मेवारी छ, राज्य संयन्त्रमा भएको संस्था, निजी क्षेत्र सबैले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ । यो भयो भने केही सुधार हुन्छ भन्ने विश्वास छ ।’
त्यस्तै उनले स्रोत र साधनको अभावले सशक्ति करणको अभियानले पूर्णता पाउन नसकेको भन्दै सरकारले आवश्यक प्रयास गरिरहेको बताएका छन ।
उनले भने, ‘व्यवहारमा स्रोत र साधनको अभावले जति सशक्त ढङ्गबाट सशक्तिकरण गर्ने जुन अभियान छ त्यसलाई पूर्णता दिन सक्या छैन् । तर हाम्रो सम्पूर्ण प्रयास यो पछाडी परेको सशक्ति करणको अभियानमा हामी केन्द्रीतहुने छौ ।
अवरोधहरु हटाएर सहज वातावरण सिर्जना गर्ने कुरामा संविधानले पनि अधिकार सुनिश्चित गरेको छ । अर्थमन्त्रीको हैसियतले तपाईहरुको यो अभियानमा कसरी सहयोग गर्न सक्छौ त्यसको लागि म सधैँ तत्पर छु ।’
