काठमाडौ, २८ असोज– घटस्थापनाको अर्थात वडा दसैंको पहिलो दिन काठमाडौंको हनुमानढोकास्थित दसैँ घरमा विधिवतरूपमा जमरा राखिएको छ ।
बिहान ११ बजेर २९ मिनेटको शुभसाइतमा हनुमानढोका दरबारका पुजारीले जमरा राखेका हुन् । सोक्रममा नेपाली सेनाको ब्याण्ड बाजाटोलीले मंगलधुन बजाउँनुको साथै बन्दुक पड्काएर बढाइँ गरिएको छ ।
हनुमानढोकाको दसैँघरमा नवरात्र भर विधि पूर्वक पूजाआराधना गरिनुका साथै मंगलधुन गाइन्छ । उक्त हनुमानढोका पूजारी सागर खरेलले दुर्गा माताले दैत्यमाथि विजयी गरेको र रामले रावणमाथि विजय गरेको उत्सवको रुपमादसैँ मनाउँने गरेको बताए। उनले घटस्थापना देखि दैनिक रुपमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन भ्रम्ह्चारिणी र तेस्रो दिन चन्द्रघन्टा गर्दै दशौं दिनसम्म पूजा गर्ने बताए ।
उनले भने, ‘यो घटस्थापना भनेको दुर्गा माताले दैत्यमाथि विजयी गरेको र रामले रावणमाथि विजय गरेको उत्सवको रुपमा हामीले नवदुर्गाको पूजा गर्छौ ।
घटस्थापना देखि सुरु गरेर दशमी सम्म हामीले दैनिक रुपमापहिलो दिनमा शैलपुत्री, दोस्रो दिनमा भ्रम्ह्चारिणी, तेस्रो दिनमा चन्द्रघन्टा गर्दै गर्दै दशौं दिन सम्महा मीले पूजा गरेर भगवती दुर्गा मातालाई खुसि बनाउँनको लागि विशेषगरि जमरा छर्ने गरेका छौ । जौ कै जमरा छर्ने गरेका छौ तर विधान पु¥याउँनको लागि मकैहरु पनि छरेका छौ ।’
उनले जमरा छरेपछि मानिसमा सुख, शान्ति छाउँने र रोगहरु भाग्ने जनविश्वास र शास्त्रीय मान्यता रहेको भन्दै त्यसैलाई मध्यनजर गरेरजमरा छरेका पनि बताए । हनुमानढोकामा जमरा राखिसक ेपछि मात्रै सबै स्थानियले जमरा राख्ने चलन रहेको छ ।
