
काठमाडौं, २८ असोज– साताको पहिलो दिन सुनको मूल्यदुई हजार नौं सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार प्रतितोला १ लाख १० हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज आईतबार २९ सय रुपैयाँले बढेर १ लाख १३ हजार रुपैयाँ कायम भएको हो ।
त्यस्तै तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्यपनिप्रतितोला ४५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।
