काठमाडौं, २८ असोज– वडा दशैं २०८० को अवसरमा ग्लोबल आइएमई बैंकले “ग्लोबल आइएमई बैंकको साथमा दशैं रमाईलो” भन्ने नारा सहित विभिन्न डिजिटल कारोबारहरुमा छुट तथा क्यासब्याक योजनाहरु सार्वजनिक गरेको छ ।
बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहक महानुभावहरुले आफुलाई आवश्यक सरसामानहरु खरिद गर्दा बैंकको कार्ड प्रयोग गरी पीओएस मेसिनबाट भुक्तानी गर्दा रु ३०० देखी रु ५०० सम्मको नगद फिर्ता हुने बैंकले सार्वजानिक गरेको योजनामा उल्लेख गरीएको छ ।
यस नगद फिर्ता योजना मार्फत बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहक महानुभावहरुले योजना अवधिभर कम्तीमा रु १००० को ३ वटा कारोबार गरेमा रु ३०० तथा ५ वा सोभन्दा बढि पटक कार्डको प्रयोग गरी भुक्तानी गर्नुभएमा रु ५०० को नगद फिर्ताबाट लाभान्वित हुने बैंकले जानकारी दिएको छ ।
यो योजना असोज २८ गते अर्थात घटस्थापनाको दिन देखि कातिक ७ गते अर्थात वडा दशैं दशमी को दिन सम्म लागू हुने बैकंले जानकारी दिएको छ । साथै, बैंकले आफ्नो मोबाईल बैंकिङ्ग प्रयोगकर्तालाई लक्षित गरी छुट योजना पनि सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत बैंकका मोबाईल बैंकिङ्ग प्रयोगकर्ता महानुभावहरुले आफुलाई आवश्यक सरसमानहरु खरिद गर्दा क्यूआर कोड स्क्यान मार्फत भुक्तानी गर्दा ‘DASHAIN’ प्रोमो कोड प्रयोग गरी आफ्नो खरिद मूल्यमा तुरुन्तै १०५ वा अधिकतम रु। ३०० सम्मको नगद छुट पाउने बैंकले जनाएको छ।
बैंकका अनुसार यो योजना असोज २८ गते अर्थात घटस्थापनाको दिन देखि कात्र्तिक ७ गते अर्थात बडा दशैं ९दशमी० को दिनसम्म साँझ ५ बजेदेखि बेलुका ८ बजेसम्म लागू हुनेछ ।
