सेनामा राजनीतिक चलखेल नगर्न कोइरालाको चेतावनी

२८ आश्विन २०८०, आईतवार ११:२८

काठमाडौं ,२८ असोज–  नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले सेनामा राजनीतिक चलखेल भएमा त्यसले दुर्घटना निम्त्याउने चेतावनी दिएका छन्।उनले सेनामा त्यस्तो गलत कार्य गर्न नहुने भन्दै त्यस किसिमको प्रयाशको आलोचना गरेका छन्।

नेता कोइरालाले आज बिहान सामाजिक सञ्जालमा एक्समासेनामा माओवादीको पूर्वलडाकुका निम्ति नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य नहुने बताएका हुन्।नेपाली सेना राष्ट्रिय सुरक्षासँग जोडिएको संस्था भएकाले यसलाई सधैँ राजनीतिबाट अलग राख्नुपर्ने कोइरालाको धारणा छ।

कोइरालाले लेखेका छन, “नेपाली सेनाजस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैँराजनीतिबाट अलग रहेको संस्थामा माओवादीको पूर्व लडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य छैन, सेनामा गरिनेराजनीतिक चलखेलले दुर्घटना निम्त्याउने हुँदा यस्तोकार्य नगरौँ।सम्बन्धित निकायहरूलाई यो कुराको हेक्का होस्।”