नेकपा (माओवादी केन्द्र) अर्घाखाँची–काठमाडौं सम्पर्क समन्वय समितिद्धारा आयोजित शुभ विजय दशमी, शुभ दिपावली र छठ पर्वको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रम आज (शनिबार) थापागाउँ नयाँ बानेश्वर, काठमाडौं स्थित काठमाडौं बैंक्युटमा अर्घाखाँची–काठमाडौं सम्पर्क समन्वका अध्यक्ष नारायण खनालको अध्यक्षतामा सञ्चालन भएकोे हो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले सम्बोधन गरेका हुन् । उनले कार्यक्रममा बोल्दै पार्टीलाई कसरी सुदृढ गर्न सकिन्छ ? भन्ने विषयमा पार्टीले गम्भिर समिक्षा गरेको पनि बताएका छन् ।
यस्तै पार्टीको विचारलाई थप स्पष्ट पार्नु पर्ने र आजको आवश्यकता र चुनौतिलाई सामना गर्ने नेतृत्व प्रदान गर्ने तहमा अपडेट गर्नुपर्ने पनि सासद सापकोटाले बताए । पार्टी भित्र देखा परेका समस्यालाई समधान गर्न विधिगत ढंगले पार्टी चलाउनु पर्ने पनि उनले बताएका छन् ।

नेतालाई मनपरेको व्यक्तिलाई पार्टी कमिटिको जिम्मेवारी दिनृे प्रवृतिले पनि जनता तिर र कार्यकर्ता तिर फर्कने नभएर नेता तिर फर्कने पार्टीको भएको कारण पनि पार्टीलाई विधिगत ढंगले सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।
यस्तै कार्यक्रममा श्रीकृष्ण अधिकारी, उदय अधिकारी सुशिल खनाल, तारा भुसाल लगायतले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए ।
