काठमाडौं, २६ असोज– एनएमबि बैंकको पुतलीसडक शाखामा एनएमबि इपेमेन्ट हबको उद्घाटन गरएिको छ । यस हबको प्रयोग गरी ग्राहकहरूले भिसा शुल्क भुक्तानी, विदेशस्थित शिक्षण संथामा विद्यार्थी भर्ना आवेदन शुल्क, पीटीई, एसएटी, यूएसएमएलई, फ्लाइवइर, स्वीफ्ट, जीआरई, एसीसीए जस्ता विविध अनलाइन भुक्तानी सेवा लिन सकिने बैंकले जानकारी दिएको छ ।
एनएमबि इपेमेन्ट हब स्वीकृत विधुतीय भुक्तानी उपकरणहरू प्रयोग गरी ग्राहकहरूका लागि सहज र झन्झट मुक्त भुक्तानी सेवा अनुभव सुनिश्चित गर्दै, उत्कृष्ट ग्राहक सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख गरीएको छ ।
यसैबीच द फाइनान्सियल टाइम्स, लन्डनको ‘द बैंकर म्यागजिन’ ले एनएमबी बैंकलाई प्रतिष्ठित बैंक अफ द इयर एसिया २०२१ बाट सम्मान गरेको छ ।
बैंकले २०१७, २०१८, २०२० र २०२१ मा बैंक अफ द इयर पनि पाएको थियो । एनएमबि बैंकले हाल २०१ शाखा, १४९ एटीएम र १२ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
