काठमाडौं, २६ असोज– मिलेनियम च्यालेन्ज कर्पोरेशनले प्रसारणलाइन परियोजनाका सबै ठेक्का रद्द भएको छ । शुक्रबार मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले एक सूचना गरी गर्दै यी सबै ठेक्का रद्द भएको जानकारी दिएको हो ।
यी ठेक्काहरुमा बोलपत्रपहिले गरिएको लागत अनुमानको तुलनामा बोलपत्रदाताहरुले अत्यधिक उच्चलागत प्रस्ताव गरेको भन्दै ठेक्का रद्द गरिएको हो । अब प्रसारणलाइन परियोजनाको नयाँ टेन्डर आह्वान गर्नुपर्ने भएको छ ।
