काठमाडौ, २५ असोज– झापाको अर्जुनधारामा एमाले नेता महेश बस्नेत सहभागी एक कार्यक्रम बिथोल्न गएका पहिचानवादी पक्षधर र दुर्गा प्रसाईका कार्यकर्ता एमाले नेता तथा कार्यकर्ताको गाडी तोडफोड गरेका छन ।
एमाले निकट राष्ट्रिय युवा संघको कार्यक्रम चलिरहेका बेला एमाले नेता कार्यकर्ताले पार्किङमा राखेका सवारी साधन तोडफोड भएको एमालेका एक नेताले जानकारी दिएका छन ।
बिहीबार अर्जुनधारामा राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा नगर कमिटीको अधिवेशन थियो । सोही कार्यक्रममा सहभागी हुन गएका नेता कार्यकर्ताको गाडी तोडफोड भएको हो ।
तोडफोडबाट सात वटा गाडीका सिसा फुटेको कोशी प्रदेशका डीआईजी राजेशनाथ बास्तोलाले जानकारी दिएका छन । तोडफोडमा संलग्न पहिचानवादी र दुर्गा प्रसाईका कार्यकर्ता रहेको पुष्टि भएको उनले बताएका छन ।
तोडफोडमा संलग्नको खोजी भएपनि पक्राउ परिनसकेको डीआइजी बास्तोलाले जानकारी दिएका छन ।
