भारतिय प्रधानमन्त्री नेपाल आएको विषय सदनलाई जानकारी दिन रास्वपा सभापति लामिछानेको माग

२५ आश्विन २०८०, बिहीबार १४:१०

काठमाडौं, २५ असोज– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले,भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालमा आएकोबारे सदनलाई जानकारी गराउन सरकार र परराष्ट्र मन्त्रालयसंग माग गरेका छन् ।

आज बसेको प्रतिनिधि सभाको बिहीबारको बैठकमा विशेष समयलिएर बोल्दै उनले मित्र राष्ट्रको सरकार प्रमुख हाम्रो भूमिमा आउँदा सरकारको कुनै औपचारिकता हुदैँन्?भन्दै यसको जवाफ सदनलाई छिटो भन्दाछिटो दिनमाग गरे ।

उनले भने, ‘मित्र राष्ट्रको सरकार प्रमुख हाम्रो भूमिमा आउँदा सरकारले उहाँलाई स्वागत गर्न पर्दैन् ?कुनै औपचारिकता हुदैँन् ?यसबारेमा सदनलाई सरकारले, परराष्ट्र मन्त्रालयले वास्तविकता जानकारी गराउँनु पर्यो भनेर विशेष ध्यानाकर्षण गराउँनको लागि विशेष समय माग गरेको हो ।

यसको जवाफ सदनलाई छिटो भन्दाछिटो होस् ।’उनले नेपालको भूमिमाभएको भ्रमणको जानकारी पाउँनु सबैको अधिकार भएको भन्दै सरकार र परराष्ट्र मन्त्रालयलाई त्यसबारे यथार्थ जानकारी दिन सदनमार्फत ध्यानाकर्षण गराए ।