सुनको मूल्य बढ्यो

२५ आश्विन २०८०, बिहीबार १३:४३

काठमाडौं, २५ असोज– बिहिबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख ९ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी पनि आज तोलामा १० रुपैयाँ बढेर प्रतितोला एक हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।