काठमाडौं, २५ असोज– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले, लगानीको सुरक्षाको जिम्मा राज्यको भएको बताएका छन ।
आज (बिहीबार) काठमाडौंमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी र गैर आवासीय नेपाली संघबीचको अन्तरक्रियामा उनले, आफ्नो लगानीको सुरक्षाका लागि कुनै नेताको पछिलाग्नु पर्ने अवस्था आउनु दुखद भएको उनले बताएका छन ।
‘भोली तपाईहरुले लगानी गर्दा तपाईलाई सुरक्षा दिने काम राज्यको नितीको हो कुनै नेताको हैन् । कुनै नेताले तपाईलाई संरक्षण दिनुपर्ने बाध्यता नबनोस । देशले लिएको नीतिले तपाईहरुलाई संरक्षण गरोस् । ’
उनले सहि नियत नीति र नेतृत्व बनाएर काम गर्नुपर्ने बताएका छन । एनआरएनको लगानी नेपालमा ल्याउनको निम्ती जे गर्नुपर्छ राष्ट्रिय स्वतन्त्रपार्टी तयार रहेको उनको भनाई छ । उल्टो धारो बग्नुहुँदैन विभिन्न राजनीतिक दलहरुमा धाउने प्रवृतिको अन्त्य गर्नु पर्ने उनको भनाई छ ।
