काठमाडौं, २५ असोज– शीर्षक्रमका ब्याटर देव खनाल यू–१९ क्रिकेटमा दुई शतक हान्ने पहिलो नेपाली खेलाडी बनेका छन् । मलेसियामा जारी यू१९ प्रिमियर कपमा इरान विरुद्ध शतक हानेसँगै देवले यू —१९ मा दुईवटा शतक हान्ने खेलाडिको कीर्तिमान बनाए काहुन् ।
अहिले जारी खेलमा ६० बलमा १२ चौका र ४ छक्का सहित १ सय बनाएका उनको यो यू —१९ मा यो दोस्रो शतकहो । गत फागुनमा आइसिसी यू—१९ विश्वकपएसिया क्षेत्र छनोटमाकुवेतविरुद्ध १ सय १७बलमा ९ चौका र ३ छक्का सहित १ सय २५ रनको शतकीयइनिङ खेलेका उनकै उत्कृष्ट प्रदर्शनमा नेपालले ८ वर्षपछि यू १९ विश्वकपमा स्थानबनाएको थियो ।
नेपालबाट यस अघि एकै उमेर समूहमा कुनै पनि खेलाडीले दुई शतक हानेका थिएनन् । रित गौतम दुई फरक उमेर समूहमा शतकहान्ने एक्लो खेलाडीहुन् ।
उनले यू १६ र यू१९ दुबैमा नेपालबाट शतक हानेका छन् । नेपालबाट यू१९ क्रिकेटमा शक्ति गौचन, कनिष्क चौलागाई, राजु रिजाल, रित गौतम, अर्जुन कुमाल र देव खनालले यू १९ माशतकहानेका छन् । पूर्व कप्तानपारस खड्का सिनियर टोलीबाट सर्वाधिक पाँच शतक हान्ने खेलाडीहुन् ।
देवले नेपालबाट १० ओडिआई खेलमा २ अर्धशतक सहित कुल २ सय ५३ रन बनाएका छन् । उनले २०२२ मापपुवान्युगिनीविरुद्ध पहिलो ओडिआई खेलमाटियु क्रिकेट मैदानमा सिनियर टोलीमा डेब्यू गरेका थिए ।
