इजरायलमा रहेका नेपालीको उद्धारमा सरकार गम्भीर छ: परराष्ट्र मन्त्रालय

२४ आश्विन २०८०, बुधबार १७:५६

काठमाडौ, २४ असोज– परराष्ट्र मन्त्रालयले इजरायलमा रहेका नेपालीको उद्धारमा सरकार गम्भीर भएर काम गरिरहेको बताएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयका प्रवक्ता सेवा लम्सालले, घाइतेको उपचार जारी रहेको, घर फर्किन चाहनेको लागि उद्धारको कार्यमासुरु भएको जानकारी दिएकी छन ।

हाल दुई जना विद्यार्थी डिस्चार्ज भइसकेको जानकारी दिदैँ उनले २ जना अझै उपचारको क्रममा रहेको र सम्पर्कबिहिन रहेका १ जनाको खोजीका लागि निरन्तर लागिरहेको बताइन् ।

उनले भनिन्, ‘परराष्ट्र मन्त्रालयले इजरायलमा रहेका नेपालीको उद्धारमा सरकार गम्भीर छ । नेपाल फर्कन चाहनेहरुमा हालसम्म ३५० भन्दाबढि नेपालीले आफ्नो विवरण दिनुभएको छ ।

जसमध्य घर २८० भन्दाबढिले नेपाल फर्कन चाहानु भएको छ । नेपाल यर लाईन्सको २८५ क्षमता भएको विमान आज राति नै काठमाडौंबाट प्रस्थानगर्दै छ ।’

गाजा क्षेत्रनजिक रहेका ५५ जनाविद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको उनको भनाई छ । त्यस्तै ७२ जनालाई थप सुरक्षित स्थानमा सारिएको उनको भनाई छ ।

आज र २५० सिटक्षमताको वाइडबडी जहाज त्यसतर्फ जानलागेको उनको भनाई छ । त्यस्तै इजरायलको व्यवसायीक उडानमार्फत फर्किन चाहनेलाई सहजिकरण गर्न सरकार तयार रहेको उनको भनाई छ ।