काठमाडौं, २४ असोज– सार्वजनिक लेखा समितिले, बेरुजुको अद्यावधिक लगत तत्काल उपलब्ध गराउन सबै सरकारी निकायलाई निर्देशन दिएको छ ।
बुधबार बसेको समितिको बैठकले, सबै मन्त्रालय तथा निकायहरूले असुलउपर गर्नुपर्ने वा तिर्नु बुझाउनुपर्ने बेरुजुको अद्यावधिक लगत समितिलाई उपलब्ध गराउन निर्देशन दिएको हो ।
समितिको बुधवार बसेको बैठकपछि, सभापति ऋषिकेश पोखरेलले, भने ‘कानूनको अक्षरस पालना भएको भएमात्रै पनि बेरुजुको यो रुप हुने थिएन् ।
कानून कार्यान्वयन गर्ने निकायले, यसको जिम्मेवारी लिनु नै पर्दछ ।’ उनले बैठकको कार्यसूची ‘बेरुजु सम्परीक्षण सम्बन्धमा नेपाल सरकारका मुख्यसचिव, संघीय संसद्का महासचिव, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारसँग छलफल र विविध रहेको’ स्मरण गर्दै ।
उल्लिखित कार्यसूचीमाथि समितिमा छलफल भई विभिन्न निर्देश गरेको बताएका छन ।
