पुराना पार्टीको विकल्प नयाँ पार्टी बन्न सक्दैनन्: नेता सिपि गजुरेल

२४ आश्विन २०८०, बुधबार १५:०५

काठमाडौं, २४ असोज– क्रान्तिकारी कम्युनिष्ट माओवादीका नेता सिपि गजुरेलले पुराना पार्टीहरुको विकल्प नयाँपार्टी बन्न नसक्ने तर्क गरेका छन् ।

बुधबार काठमाडौं माक्रान्तिकारी कम्युनिष्ट माओवादीद्धारा आयोजित पत्रकार सम्मेलनमा उनले जनताले पुरानो पार्टीको विकल्प खोजिरहेको अवस्थामा नयाँपार्टी आए पनि चुनाव पछि पुरानो पार्टी जस्तै भएको तर्क गरे ।

उनले भने,‘आमजनताले पुराना राजनीतिक पार्टीहरुसँग वाक्क भईसके पार्टीहरुसँग जनताको विश्वास सकियो पुरानो व्यवस्थाप्रति पनि वितृष्णा भईसक्यो। जनताले विकल्प खोजिरहेको छन् । तर कसैले दिन सकेको छैनन् ।

विकल्प खोज्र्दै जाँदा नयाँ पार्टीलाई भोट दिन्छन् तर त्यो पनि उस्तै चुनाव सक्कि नपाएको छैन् पुरानै पार्टी जस्तो भइसके । न नयाँ पार्टीले विकल्पको काम गर्छ । न अरुले सकेको छ ।’

उनले निर्वाचन बाट सरकार छान्ने व्यवस्थालाई हटाएर राष्ट्रिय राजनीतिक सम्मेलनले सरकारको निर्णय गर्ने व्यवस्था जरुरी रहेको बताए । उनले भने,‘निर्वाचनबाट अब यो सरकार हुँदैन् ।

निर्वाचनबाट भएको चाहे केन्द्रको संसदमाहोस या प्रदेशमा होस् त्यहाँको बहुमतले निर्णय गर्दैन् । राष्ट्रिय राजनीतिक सम्मेलनले निर्णय गर्छ । राजनीति राष्ट्रिय सम्मेलन बन्छ र यो व्यवस्थालाई खारेज गर्छ । ’