काठमाडौं, २४ असोज– राष्ट्रिय स्वतन्त्र पार्टीका पुर्व जिल्ला सभापति धर्मेन्द्र सापकोटा आम जनता पार्टीमा प्रवेश गरेका छन् । आम जनता पार्टीका अध्यक्ष प्रभु शाहले बुधबार समाजिक सञ्जाल मार्फत सापकोटा आम जनता पार्टीमा प्रवेश गरेको जानकारी दिएका हुन् ।
उनले लेखेका छन्,‘राष्ट्रिय स्वतन्त्र पार्टीको पुर्व जिल्ला सभापति धर्मेन्द्र सापकोटा आज आम जनता पार्टीमा प्रवेश गर्नु भएकोछ । चितवन जिल्ला भरतपुर निवासी सापकोटा विगत १५ वर्षदेखि विभिन्न टेलिभिजनमा प्रमुख कार्यकारी भएर कामगर्दै आउनु भएको एक बौद्धिक व्यक्तित्वहो ।
उहाँले विद्यमान पुरानो पार्टीहरु देश बर्बाद गर्न लागि परेकोले देश बचाउन आम जनता पार्टीको आवश्यकता महसूस गरेर यो पार्टीमा प्रवेश गरेको बताउनु भएकोछ ।
उहाँलाई हाम्रो पार्टीमा एकमुष्ट हार्दिक स्वागत, बधाई तथा सफल राजनीतिक भविष्यको भव्य शुभकामना व्यक्तगर्दछु ।’ विद्यमान पुरानो पार्टीहरु देश बर्बाद गर्न लागि परेकोले देश बचाउन आम जनता पार्टीको आवश्यकता महसूस गरेर यो पार्टीमा प्रवेश गरेको सापकोटाको भनाई छ।
