काठमाडौं, २४ असोज– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण स्थगित भएको छ । आगामी असोज २६ गते नेपाल आउने कार्यक्रम तय गरेका गुटेरसको भ्रमणतत्कालका लागि स्थगित भएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्। उनले भनिन् ‘एसियामा पछिल्लो समय विकसित घटनाक्रमलाई हेरेर तत्कालका लागि भ्रमणनहुने जानकारी आएको हो ।
चाँडै उहाँको भ्रमण हुनेछ । ’ तीनदिने नेपाल भ्रमणका क्रममा उनले संघीय संसद्मा लाई सम्बोधन गर्नुका साथ ैलुम्बिनी र पोखरा जाने कार्यक्रमपनि तय भएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भागलिन अमेरिकाको न्युयोर्क जाँदा महासचिव गुटेरसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।
प्रथम र दोस्रो महासचिव क्रमशः ट्रेज ली र ड्यागह्यामरसोल्ड बाहेक राष्ट्रसंघका ६ पूर्व महासचिवले नेपालको भ्रमण गरेका छन्।
