सुनको मल्यमा सामान्य गिरावट

२४ आश्विन २०८०, बुधबार १३:३३

काठमाडौं, २४ असोज– नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन एक सय रुपैयाँले घटेर प्रतितोला १ सय रुपैयाँले घट्दै १ लाख ८ हजार ८ सय रुपैयाँकायम रहेको छ ।

यस्तै, तेजाबी सुनको मूल्य पनि आज प्रतितोला १ सय रुपैयाँले नै घटेर १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेकोे छ । त्यसैगरी,चाँदीको मूल्य अघिल्लो दिनको मूल्य नै कामयरहेको छ । प्रतितोला १हजार ३४० रुपैयाँमा कारोबार भइरहेकोे छ ।