नेपालीहरुको उद्दारका लागि नेपाल वायुसेवा निगमको जहाज राति ११ बजे इजरायल उड्दै

२४ आश्विन २०८०, बुधबार १३:२८

काठमाडौं, २४ असोज– प्रधानमन्त्रीको निर्देशन पछि द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपालवायु सेवानिगमको जहाज आज त्यसतर्फ जाने भएको छ ।

परराष्ट्र  मन्त्रालयले आजै राति ११ बजे नेपाल एयरलाईन्स दुबई ट्रान्जिटहुँदै इजरायल जाने जनकारी दिएको छ ।‘इजरायलका लागि जहाज आज राती ११ बजे उड्छ ।

ट्रान्जिटदुबइ नेपाल एयरलाइन्सको जहाज जान्छ’ पररास्ट्र मन्त्री एनपी साउदका प्रमुख स्वकिय सचिव दिपक जोशीले भने । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान पर्यटनमन्त्री सुदन किराती सहित नागरिक उड्यन प्राधिकरण र नेपाल एयरलाइन्सका प्रमुखलाई बालुवाटारमा बोलाएर इजरायलमा रहेका नेपालीको उद्धारका लागि तत्काल विमान पठाउने व्यवस्था मिलाउन निर्देशन दिएसंगै प्रक्रिया अघि बढाइएको पर्यटन मन्त्रीको सचिवालयले जनाएको छ ।

उद्धारका लागि पहिलो चरणमा नेपाल एयरलाइन्सको विमान इजरायल पठाउने बारे प्रक्रिया थालिएको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले, आज पर्यटन मन्त्रीलाई बोलाएर निर्देशनदिनु भएको र आजै त्यसतर्फ जहाज पठाउने तयारी भएको बताए ।

उनले भने ‘ आजै जान्छ प्रधानमन्त्रीले त्यसका लागि निर्देशन दिनुभएको छ ।’ चार्टर विमान उडान र अवतरणकालागि सरकारले इजरायलबाट स्वीकृति लिइसकेको छ ।

नेपाल फर्कन चाहने नेपालीको लगत संकलन परराष्ट्र मन्त्रालय मार्फत भईसकेकोले आजै इन्स्योरेन्स लगायतका प्रक्रिया पुरा गर्नेसाथ विमान त्यसतर्फ जानेछ । इजरायलमा भएको हिंसामा १० नेपाली विद्यार्थीको मृत्यु हुनुको साथै ४ जनाघाइते भएकाथिए । एक नेपाली वेपत्ता रहेका छन ।