काठमाडौं, २४ असोज– आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज भारत र अफगानिस्तानबीच खेल हुँदैछ । दिल्लीमा हुने खेल दिउँसो सवाँ २ बजे सुरु हुनेछ । अफगानिस्तानले पहिलो पटक भारतीय भुमिमा एक दिवसीय म्याच खेल्न लागेको हो । भारत र अफगानिस्तानले अहिलेसम्म तीन पटक वान डे क्रिकेटमा मैदानमा उत्रिएकाछन् ।
जसमा भारतले दुई खेलमा जितदर्ता गरेको छ भने अर्को एक खेल बराबरीमा सकिएको छ । जारी विश्वकप प्रतियोगितामा रोहितशर्मा नेतृत्वले भारतले अष्ट्रेलियामाथि ६ विकेटको शानदार जितसहित सुखद सुरुआत गरेको छ । अफगानिस्तानले पनि बंगलादेश सँग ६ विकेटकै पराजय ब्यहोरेको थियो ।
