काठमाडौं, २२ असोज– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले ५ वर्षपछि यो देशमाडाक्टर र नर्स दिउँसै राँको बालेर खोज्नु पर्ने अवस्था आउने चेतावनी दिएकाछन् ।
मंगलबार काठमाडौंमा आयोजित विश्वमानसिक स्वास्थ्यदिवस विशेष कार्यक्रममा उनले चिकित्सा शिक्षा ऐन संशोधन नगरे देशमा डाक्टर नर्सहरुको उत्पादन कमजोर भएको बताए ।
उनले भने, ‘शिक्षाक्षेत्रमा सुधार गर्नपर्ने तर कोही पनि नबोलेको कुरा चिकित्साशिक्षा ऐन संशोधन गर्नुपर्छ भन्ने हो । त्यसले गर्दा अहिले देशमा डाक्टर नर्सहरुको उत्पादन कमजोर भयो ।
अबको ५ वर्षपछि यो देशमाडाक्टर र नर्स दिउँसै राँको बालेर खोज्नु पर्ने दिनआउँछ । ’ हामीले गरेको पहलले चिकित्साशिक्षा ऐन संशोधन गर्ने कुरामा सरकार अगाडि बढिरहेको उनको उनले बताएका छन । उनले नेपाललाई मेडिकल हब बनाउनु पर्ने र त्यसको लागिअगाडिबढ्नु पर्ने बताए ।
