तत्कालका लागि इजरायल भ्रमणमा नजान परराष्ट्र मन्त्रीको आग्रह

२३ आश्विन २०८०, मंगलवार १३:१६

काठमाडौं, २३ असोज– परराष्ट्र मन्त्री एनपी साउदले, तत्कालका लागि इजरायल भ्रमणमा नजान सबैलाई आग्रह गरेका छन् । संसदको अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिकाआजको बैठकमा उनले राजनीतिक तहमा आधिकारिक निर्णय बाहेक व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न आग्रह गरेका हुन् ।

इजरायलमा भएको आक्रमण र त्यहाँ रहेका नेपाली हरुको अवस्थाका बारेमा जानकारी गराउँदै उनले संवेदनशील अवस्थामा त्यहाँका भ्रमण नगर्न सरकारको तर्फबाट आग्रह गरेका हुन् ।

उनले भने, ‘अवस्था संवेदनशील छ । त्यसैले राजनीतिकतहमा आधिकारिक निर्णय बाहेक व्यक्तिगत, पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न अनुरोध छ ।’

मन्त्री साउदले हमास समूहले आक्रमण गरेपछि इजरायलको अवस्था संवेदनशील रहेको भन्दै यो अवस्थालाई राजनीतिककरण नगर्नसमेत आग्रह गरेका छन् । उनले भने, ‘यो अवस्थालाई राजनीतिकरण नगरौं।’