काठमाडौ, २३ असोज– सूचना तथा प्रविधि (आई.टि) क्षेत्रमा आदिवासी जनजाति एवं लोकल भाषालाई संरक्षण र प्रबर्द्धन गर्ने मुख्य उदेश्य सहित मदन भण्डारी मेमोरियल कलेजले “एम्.बि.एम् आइडिया एक्स २०२३” नामक अन्तर्राष्ट्रिय स्तरको ह्याकथनको आयोजना गरेको छ ।
संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संङ्गठन (युनेस्को) को सहर्कायमा आयोजना भएको यस कार्यक्रममा सूचना तथा प्रविधि तर्फका विद्यार्थीहरुले नेपालमा बोलिने आदिवासी भाषाहरुलाई सम्बर्द्धन गर्ने उदेश्य सहित प्रोग्रामिङ्ग गरेका हुन ।
“एम्.बि.एम् आइडिया एक्स २०२३” मा दर्ता भएका ४५० सहभागी सहितको ४८ राष्ट्रिय र अन्तर्राष्ट्रिय समूहहरू मध्यका विभिन्न शहरहरू बाट मात्र ४८ सहभागी सहितका १३ समूह छनोट गरिएको थियो ।
विज्ञहरुको प्यानलले छनौट गरेका १३ समुहले अन्तिम चरणको छनोट प्रक्रियाका प्रोग्रामिङ्ग लागि प्रतिस्पर्धा गरेका हुन् । तीन दिने ह्याकाथन कार्यक्रमको उद्घाटन समारोह असोज १९ गते विभिन्न डोमेन सम्बन्धित विशिष्ट अतिथि र विशेषज्ञहरूको उपस्थितिमा कलेज परिसरमा गरिएको थियो भने कार्यक्रमको समापन असोजको २१ गते भएको छ ।
नयाँ कुरा सिक्न पाएको र आगामी दिनहरु समाजलाई प्रविधि संग जोड्न थप पहल गर्ने, ह्याकाथनका आयोजक, मदन भण्डारी मेमोरियल कलेजका विज्ञान तथा प्रविधी विभागका प्रमुख फूलबाबू झाले बताउनुभयो ।
त्यस्तै कलेजका प्रमुख रमेशचन्द्र पौडेलले विद्यार्थीहरुलाई प्रविधीका विभिन्न आयामहरुसँग परिचित गर्न एवं शिक्षण सिकाइलाई मूर्तरुप दिन ३ दिने “एम्.बि.एम् आइडिया एक्स २०२३” प्रभावकारी बनेको विश्वास समेत व्यक्त गर्नु भएको छ ।
तीन दिनसम्म जारी रहेको आई.टि क्षेत्रका प्रोग्रामिन्ङ्ग प्रतिस्पर्धामा सहभागी विद्यार्थीहरूले सल्लाहकारहरूको मार्गदर्शनमा आफ्नो दक्षतालाई प्रस्तुत गरे ।
१३ प्रतिस्पर्धी मध्येका शीर्ष तीनलाई नगद पुरस्कार तथा सम्मान पत्र सहित युनिस्को लगायतका संग-संगठन संग सहकार्य गर्ने अवसर समेत मिलेको छ । असोज २१ गते आइतबार समापन कार्यक्रम भयो ।
सहभागीहरु मध्ये शीर्ष ३ समूहलाई प्यानल प्रमाणपत्र र नगद पुरस्कारसहित विजेता बने । पहिलो स्थान हासिल गर्न सफल पुल्चोक क्याम्पसको ‘जेनन समूह’ले प्रमाणपत्रसहित पच्चीस हजार नगद पुरस्कार प्राप्त गर्यो ।
यसैगरी, दोस्रो स्थान हासिल गर्न सफल मेची बहुमुखी क्याम्पसको ‘लिपी समूह’ले प्रमाणपत्रसहित पन्ध्र हजार नगद पुरस्कार तथा तेस्रो हुनेमा पुल्चोक क्याम्पसकै अर्को समूह ‘द मिसफिट्स समूह’ले प्रमाणपत्र र दशहजार नगद पुरस्कार प्राप्त गर्यो ।
त्यस्तै, मेची बहुमुखी क्याम्पसको अर्को समूह, ‘किङ कोडर्स’ भने चौथौ बन्यो ।केन्द्रिय भाषा विभागका विभागीय प्रमुख, भाषा आयोगका अध्यक्ष र मदन भण्डारी फाउन्डेसनका अध्यक्षलगायतका विभिन्न विशिष्ट अतिथि, न्यायाधीश, सञ्चारकर्मी, सल्लाहकार र सहभागीहरूको उपस्थितिमा “आदिवासी भाषाहरूको संरक्षण र प्रवर्द्धन” को लागि पहिलो अन्तर्राष्ट्रिय स्तरको ह्याकाथन कार्यक्रम “एम्.बि.एम् आइडिया एक्स २०२३”सम्पन्न भएको हो ।

