काठमाडौं, २३ असोज– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मानसिक स्वास्थ्य सँग जोडिएका अज्ञानता अन्धविश्वास लाल्छना न्यूनिकरण गर्न आवश्यक भएको बताएका छन् ।
मंगलबार विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा उनले समावेश समानता मूलक समाज निर्माणका लागि मानसिक विराम भएका मानिस माथि लानचना र भेदभावलाई मर्यादित र सम्बोधन गर्नुपर्ने बताए ।
उनले भने,‘समाजमा व्याप्त गरिवि, जातीय लैङ्गिक भेदभाव अपेक्षा अनुरूपको जीवन शैलीबाँच्ननसक्नु सांस्कृतिक रुपमा अराजकता बढ्दै जानु जस्ता समस्याले मानसिक स्वास्थ्यमा प्रत्यक्ष प्रभाव परिरहेको छ ।
यस्ता प्रचलनहरु अन्याय पूर्ण र संविधान प्रद्धत मौलिक अधिकार विरुद्ध छ । त्यसैले मानसिक स्वास्थ्य सँग जोडिएका अज्ञानता अन्धविश्वास लाल्छनाहरुलाई न्यूनिकरण गर्न थपप्रभावकारी पहल अगाडि बढाउन जरुरी छ । ’
मानसिक स्वास्थ्य समस्याले दैनिक १९ जनाले ज्यानगुमाउनु परेको दुखद अवस्था भएको उनको भनाई छ । हरेकवर्षको अक्टोबर १० मा यो दिवस यस वर्ष मानिस र समुदायकालागि ‘मानसिक स्वास्थ्य सबैको अधिकार’ भन्ने नारासहित मानसिक स्वास्थ्यसम्बन्धी सचेतनाअभिवृद्धि मूलककार्यक्रम गरी मनाइँदै आएको छ ।
