सरकारले संसद्लाई अप्ठ्यारो पार्ने कामगर्यो: रघुजी पन्त

१९ आश्विन २०८०, शुक्रबार १३:२४

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकले संसद्लाई अप्ठ्यारो पार्ने काम गरेको बताएका छन ।

शुक्रबार बसेको विद्यालय शिक्षा विधेयक २०८० माथिको समान्य छलफलमा उनले राहतवाला शिक्षकहरुसंग सरकारले गरेको सम्झैता शिक्षा विधेयकमा कर्पोरेट गर्ने काम गरेको बताएका छन ।

‘संसद्लाई अप्ठ्यारो पार्ने काम सरकारले गर्यो । राहतवालाशिक्षकहरुसंग सरकारले गरेको सम्झौता कसरी यो विधेयकमाकर्पोरेट हुन्छ । सरकारले त्यहाँ गरेको सम्झैता यो संसद्ले मान्नबाध्य छ ?बाध्य छैन् । ’

उनले संसद्ले विद्येयकआफ्नो विवेकले बनाउने तर सरकारले त्यसलाई प्रस्तुतगर्दा भावनाभन्दाविपरीतको सम्झौतागर्दै हिँडेको बताए । विधेयक प्रस्तुत गर्ने तरिका उल्टो भएको उनको भनाई छ ।